Premier Cables
Premier Steel

अपराध

सुनसरीको छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

Calendar बुधबार, पुष ३०, २०८२  | बिहान १०:४६ बजे

सुनसरी । सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रदेश प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट रेल्बे धरानबाट पुस २९ गते खटिएको संयुक्त प्रहरी टोलीले धरान-१७ का ४० वर्षिय अमित थापा मगरलाई १ ग्राम २० मिलिग्राम र १७ वर्षिय सुमन राइलाई ८० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

अस्थाई प्रहरी पोष्ट चतराले बराहक्षेत्र-१ चतरापुल स्थितबाट धनकुटाको सहिदभुमी-२ का समिर राई र उदयपुरको बेलका-७ का रमेश राईको साथबाट प्रतिबन्धित औषधी १६० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka