Premier Cables

विराटनगर

धनुषामा मस्जिद तोडफोडको विरोधमा विराटनगरमा प्रदर्शन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष २१, २०८२  | अपराह्न १२:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । धनुषामा मस्जिदमा भएको तोडफोडको विरोधमा सोमबार विराटनगरमा मुस्लिम समुदायले प्रदर्शन गरेका छन्।

धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

विज्ञापन

त्यसैको विरोधमा विराटनगरमा मुस्लिम समुदायले विराटनगरमा प्रदर्शन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागीहरूले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउनेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।

नेपालमा धार्मिक दंगा भड्काउने नियतले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउने कार्य भएकोले त्यसको विरोधमा आफूहरू प्रदर्शनमा उत्रिएको बताइएको छ ।


*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka