विराटनगर । धनुषामा मस्जिदमा भएको तोडफोडको विरोधमा सोमबार विराटनगरमा मुस्लिम समुदायले प्रदर्शन गरेका छन्।
धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
त्यसैको विरोधमा विराटनगरमा मुस्लिम समुदायले विराटनगरमा प्रदर्शन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा सहभागीहरूले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउनेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।
नेपालमा धार्मिक दंगा भड्काउने नियतले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउने कार्य भएकोले त्यसको विरोधमा आफूहरू प्रदर्शनमा उत्रिएको बताइएको छ ।



