Premier Cables
Premier Steel

राजनीति

आफू निकटसंग डा.शेखरले गरे छलफल

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, पुष १९, २०८२  | अपराह्न १:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिँदै गएको पछिल्लो विवादका विषयमा आफ्ना निकट नेताहरूसँग परामर्श गरेका छन् ।

शनिबार काठमाडौंमा रहेका पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायत कार्यकर्ताहरूसँग उनले अन्तरक्रिया गर्दै महाधिवेशनका विषयमा सुझाव र धारणा संकलन गरेका हुन् ।

बिज्ञापन

विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा वर्तमान विषम परिस्थितिको उपयुक्त निकास, मुलुकमा देखिएको समग्र संकटको समाधान तथा पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने विषयमा केन्द्रित छलफल भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनसम्बन्धी प्रस्तावलाई कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा पनि विचार–विमर्श भएको थियो ।

‘यसका साथै आगामी आम निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने र पार्टीभित्र देखिएका दुवै धारलाई एउटै सूत्रमा बाँध्ने उपायहरूबारे पनि छलफल भयो,’ थपलियाले बताए ।

डा. कोइरालासँगको छलफलमा सहभागी नेताहरूले पार्टीको अनुशासन समितिले कारबाही मिनाहा गरेका व्यक्तिहरूलाई पुनः पूर्ववत् पदमा कायम राख्ने व्यवस्था मिलाउन पहल गर्नुपर्ने मागसमेत गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa