Premier Cables

कोशी प्रदेश

आयोजना बैंकलाई समस्या नआउने गरी सञ्चालन गर्न मुख्यमन्त्रीको निर्देशन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | साँझ ४:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउने गरी सञ्चालन गर्न निर्देशन दिएका छन् ।

कोशी प्रदेश योजना आयोगको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश आयोजना बैंक मा समावेश भएका योजनाहरूलाई छुट्याएर आगामी दिनमा यसलाई व्यवस्थित र चुस्त ढङ्गले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

विज्ञापन

कोशी प्रदेशमा भइरहेको बसाँइ सराईलाई रोक्ने गरी अध्ययन अनुसन्धान गर्न र सो अनुसारको योजना अघि सार्न पनि मुख्यमन्त्री कार्कीले निर्देशन दिए । योजनाहरूको प्राथमिकीकरण र सीमित स्रोत साधनले पुग्ने गरी आयोजनाहरूको छनोट गर्न र प्रदेशका गौरवका आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्न पनि उहाँले आयोगलाई निर्देशन दिए ।

कोशी प्रदेशको योजना आयोगको आज बसेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।

प्रदेश आयोजना बैंकलाई विषयगत र तहगत रुपमा एकीकृत गरी एकीकृत प्रणालीको विकास र व्यवस्थापन गर्ने, अन्तर प्रदेश योजना आयोग सम्मेलन गर्ने, प्रदेशका गौरव तथा रूपान्तरणकारी योजना तथा आयोजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्ने निर्णय बिहीबार बैठकले गरेको छ।

कोशी प्रदेश तथ्याङ्क ऐन २०८२ को नियमावलीको मस्यौदा तर्जुमा र एकीकृत तथ्याङ्क प्रणालीको विकास गरी प्रदेशमा तथ्याङ्कलाई व्यवस्थित गर्ने निर्णय समेत गरिएको प्रदेश योजना आयोगले जानकारी दिएको छ। त्यस्तै घरपरिवारमा उत्पादन गरिने परम्परागत मदिराको ब्रान्डिङका लागि आवश्यक प्रविधि र कानुनी विषयमा थप अध्ययन गरी अघि बढ्ने र यसलाई न्तिम टुङ्गोमा पुर्‍याउने निर्णय भएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka