Premier Cables

कोशी प्रदेश

जेनजी उपलब्धि स्विकार्न मुख्यमन्त्री कार्कीलाई सकस, परिवर्तन नभएर ‘विध्वंश’ भएको टिप्पणी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष १६, २०८२  | अपराह्न १२:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले जेनजी आन्दोलन परिवर्तनका लागि नभई विध्वंस मात्र भएको भन्दै नकारात्मक टिप्पणी गरेका छन् । पछिल्लो आन्दोलनलाई आत्मसात गर्न नसकेका कार्कीले यसअघि पनि यस्तै किसिमको अभिव्यक्ति दिदैँ आएका थिए ।

उनले देशको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाप्रति ठिक नभएको भन्दै असन्तुष्टि समेत जनाएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा बुधबार विराटनगरमा आयोजित उद्घाटन कार्यक्रममा कार्कीले भदौ २३ २ २४ गते भएका घटनाक्रमलाई नेपालको इतिहासमा ‘विध्वंश’ भएको बताए ।

विज्ञापन

पछिल्लो समय युवा पुस्तामा देखिएको जेनजी आन्दोलनलाई सुधारको संकेत नभई विनाशकारी गतिविधि भएको बताए । उनले भने,‘‘यो विध्वंश नै थियो ।’’

उनले कार्यक्रममा सहभागी गृहमन्त्री ओमप्रकाश अर्याललाई राजनीीतक कार्यकर्ता समेत भने । ‘‘२०५० सालमा ल क्याम्पस पढ़न आउँदा हामीले उहाँलाई स्वागत गरेका थियौं । तर आज उहाँ जुन जिम्मेवारीमा हुनुहुन्छ, त्यहाँ हिजोको राजनीतिक सरकार र आजको सरकारबीच आकाश पातालको फरक देखिएको
छ।’’

त्यसैगरी, प्रधानमन्त्री सुशीला कार्कीलाई ‘गुरुआमा’ भन्दै उनले वर्तमान सरकार पूर्णतः गैरदलीय भएको जिकिर गरे ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka