Premier Cables
Premier Steel

राजनीति

रिहा गर्न रविलाई भैरहवा लगियो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष ०४, २०८२  | बिहान १०:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रियाअन्तर्गत रुपन्देहीको भैरहवा लगिएको छ।

नख्खु कारागारमा रहेका लामिछानेलाई प्रहरीले शुक्रबार बिहान विमानस्थल पुर्‍याएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार लामिछाने रुपन्देही पुगेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै रिहा गरिनेछ।

बिज्ञापन

यसअघि उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीनवटा सर्तसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

सो आदेशको कार्यान्वयनका लागि उनलाई रुपन्देही पठाइएको हो। सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा बुटवल लगिएका लामिछानेलाई अदालतको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया र शर्तहरू पूरा भएपछि आजै रिहा गरिने तयारी गरिएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka