एमाले महाधिवेशनमा मतदान सकिएको दुई घण्टामै परिणाम आउने
नोट: यो समाचार १ महिना अघिको हो
बुधबार, पुष ०२, २०८२ |
अपराह्न २:०१ बजे
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन अन्तर्गत जारी मतदान प्रक्रिया आज बेलुका ८ बजेसम्म सम्पन्न हुने अनुमान गरिएको छ ।
बिहान ९ बजेर २० मिनेटमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै प्रक्रिया सुरु भएको थियो ।
मतदानका क्रममा एक जना मतदाताले औसतमा करिब आधा घण्टा समय खर्चिनु परिरहेको छ । यस आधारमा बेलुका ८ बजेसम्म मतदान सकिने आकलन गरिएको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक राम रिमालले जानकारी दिए ।
अध्यक्ष पदका प्रत्यासी ओलीले मतदान गर्न झन्डै ५५ मिनेट समय लगाएका थिए । हालसम्म करिब ५०० मत खसिसकेको जनाइएको छ । मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने रिमालले बताए ।