Premier Cables
Premier Steel

राजनीति

एमालेमा नेतृत्व छान्न शुरु भयो मतदान

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०२, २०८२  | बिहान ९:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा आजबाट मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका उमेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उमेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डे मतदानमा सहभागी भइरहेका छन् ।

हिजै मतदान गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँदै प्रक्रिया आजका लागि सारिएको हो । महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ । राम–लक्ष्मण भोटिङ मेसिनमार्फत मतदान भइरहेको जनाइएको छ, जसमा एक जनालाई मतदान गर्न करिब ३० देखि ४० मिनेट समय लाग्ने बताइएको छ ।

बिज्ञापन

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । दुवै उम्मेदवार प्यानल बनाएर मैदानमा उत्रिएका छन् । महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने समग्रमा ३०० भन्दा बढी उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka