Premier Cables

अपराध

मोरङको रंगेलीबाट ९ सय केजी गाँजा बरामद

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको रंगेलीबाट प्रहरीले बुधबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । ९ सय किलो (९ क्वीन्टल)भन्दा बढी गाँजा बरामद गरिएको हो ।

रंगेली नगरपालिका–८ स्थित विद्युत कार्यालयबाट करिब २ सय मिटर पश्चिममा रहेको सुरेशमान श्रेष्ठको खेतबाट गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए ।

विज्ञापन

खेतको बीचमा डुम्रीको रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले राति ९ बजेतिर बरामद गरेको हो ।

खेतको बीचमा गाँजा लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘सर्च’ अभियान चलाएको थियो । खोजतलास गर्ने क्रममा २९ वटा बोराभित्र ‘प्याक’ गरी परालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको डीएसपी चौधरीले बताए ।

डिजिटल तराजुमा तौल गर्दा गाँजा ९ सय २१ किलो ६६ ग्राम भएको छ । बरामद भएको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर इन्स्पेक्टर बोगटी नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । उक्त गाँजा कसले ल्याएर राखेको हो भन्ने यकिन भइसकेको छैन ।

गाँजाको कारोबार र ओसारपसारमा संलग्नको पहिचान एवं खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीको आँखा छलेर भारततिर लैजानलाई खेतमा भण्डारण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka