Premier Cables
Premier Steel

खेलकुद

डिफेन्डिङ च्याम्पियन जनकपुर विरुद्ध कर्णालीको रोमाञ्चक जित

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | राती ८:०४ बजे
Hamro Biratnagar Headlines

काठमाडौ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो।

कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो।

जनकपुर बोल्ट्सका लागि सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५१ रन बनाए। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे। उनले संगीथ कुरेसँग पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी गरे।

जनकपुरका दुई ब्याटर सुरुमै डकआउट भए। माज सदाकले १२ रन बनाए। संगीथ कुरेले २५ रन बनाए। निकोल लोफ्टी इटोन १३ र आदित्य महता अन्तिम बलमा १ रन बनाउँदै रनआउट भए।

कर्णाली याक्सका लागि विलियम वसिस्टोले २ विकेट लिए। मार्क वाट, पवन सरार्फ, नन्दन यादव र सोमपाल कामीले १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि डेब्यु खेल खेलेका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बलमा समान १ चौका र १ छक्का हिर्काए। इमरानलाई ललित राजवंशीले संजय कृष्णमुर्थीबाट क्याच गराएका थिए। २० बलमा १९ रन बनाएका गुल्शन झालाई माज सादकतले अनिलकुमार शाहबाट क्याच आउट गराए।

प्रियांक पाञ्चालले १८ बलमा १६ रनको योगदान गरे। तीन चौका प्रहार गरेका उनलाई ललित राजवंशीले कारीको हातबाट क्याच आउट गराएका हुन्। विलियम वसिस्टोले १५, नाजीबुल्लाह जद्रानले १३ रन बनाए। सोमपाल कामी १८ रनमा अविजित रहे। दोस्रो एनपीएलमा पहिलो शतक प्रहार गरेका मार्क वाट ७ बलमा ४ रन बनाउँदा एलबिडब्लू धराप परे।

दुई खेलमा बेन्चमै रहेर कमब्याक गरेका ललितले २ विकेट लिए। उनीसँगै आदित्य महताले पनि २ विकेट लिए। संगिथ कोरे, माज सादकत र अनिल शाहले समान १–१ विकेट लिए।

अन्तिम खेलमा जनकपुरलाई हराउँदै कर्णाली छैटौँ स्थानमा रहँदै यो सिजनको एनपीएल सकेको छ। साबिक विजेता जनकपुर अंक तालिकाको पुछारमा रहँदै सिजन सक्यो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka