Premier Cables
Premier Steel

विराटनगर

शिव आधारभूत विद्यालय बेलगछीमा शिक्षक कम्प्युटर तालिम सम्पन्न

प्रमाणपत्र वितरण

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०८, २०८२  | साँझ ७:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनद्वारा ग्लोबल ग्रान्ट GG2453359 अन्तर्गत सञ्चालन गरिएको शिक्षक कम्प्युटर तालिम कार्यक्रम आज औपचारिक रूपमा सम्पन्न गरिएको छ।

३० दिनसम्म निरन्तर संचालित यो तालिम शिव आधारभूत विद्यालय, बेलगछीका शिक्षकहरूलाई डिजिटल सीपमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको हो।

बिज्ञापन

समापन समारोहमा सहभागी प्रशिक्षकहरूसहित विद्यालय प्रशासनले शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरियो। तालिमका क्रममा आधारभूत कम्प्युटर सञ्चालन, एमएस अफिस, इन्टरनेट प्रयोग तथा डिजिटल शिक्षण उपकरणहरूको प्रभावकारी प्रयोगबारे व्यावहारिक पाठहरू दिइएको थियो।

रोटरी क्लब अफ बिराटनगर डाउनटाउनका स्वयंसेवक तथा विज्ञ प्रशिक्षकहरूको सहयोगमा सञ्चालन भएको यस कार्यक्रममा विद्यालय प्रशासनले पूर्ण समन्वय गरेको थियो।

तालिमपछि शिक्षकहरू दैनिक शिक्षणमा डिजिटल प्रविधि प्रयोग गर्न सक्षम बनेका छन्, जसको प्रत्यक्ष फाइदा विद्यार्थीहरूले तत्कालै पाउनेछन्।

दीर्घकालीन रूपमा विद्यालयमा डिजिटल वातावरण निर्माण हुनुका साथै आगामी पुस्ता २१औँ शताब्दीका सीपहरूमा सुदृढ बन्ने अपेक्षा गरिएको छ।

यस मोडेललाई अन्य विद्यालयहरूमा पनि विस्तार गर्न सकिने भएकाले कार्यक्रम दीगो रूपमा प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

विद्युत् महसुलमा भ्याट: आम उपभोक्ताको भान्छादेखि दैनिक खर्च बढ्ने चिन्ता

Clock Iconसोमबार, जेठ १८, २०८३

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka