Premier Cables
Premier Steel

राष्ट्रिय

सिमरा वार्तामा बस्न सुदन गुरुङ पुग्दै

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०५, २०८२  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाराको सिमरामा बुधबार र बिहीबार बढेको तनावपछि अब वार्ताका लागि मधेस प्रदेशका ‘जेनजी’ समूहका सदस्यहरू संयोजक सुधन गुरुङको पर्खाइमा बसेका छन्। सिमरा र आसपासका क्षेत्रमा मंसिर ३ देखि बिग्रिएको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय बाराले मंसिर ४ गते सम्बन्धित सबै पक्षलाई छलफलमा बोलाएको थियो।

तर जेनजी समूहका प्रतिनिधि भने वार्तामा सहभागी भएनन्। जेनजी बारा संयोजक सम्राट उपाध्यायका अनुसार उनीहरू सुधन गुरुङकै पर्खाइमा छन्।

बिज्ञापन

“उहाँ (सुधन गुरुङ) आउँदै हुनुहुन्छ। ‘वार्ता आवश्यक छैन’ भनेर प्रशासनले गलत जानकारी दिएको छ,” उपाध्यायले भने, “सुधन गुरुङ आएपछि पहिलो चरणमा हामीबीच बैठक हुन्छ, त्यसपछि मात्र प्रशासनसँग वार्ता गरिनेछ।” सुधन गुरुङ वार्ताका लागि मधेस प्रदेश आइपुगेका छन्।

यसैबीच, घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएपछि वार्ता आवश्यक छैन भन्ने प्रशासनको भनाइ छ भन्ने हल्ला सिमरामा फैलिएको छ।

तर प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले यस्तो दाबीको खण्डन गरेका छन्। उनका अनुसार जेनजीका मागअनुसार घटनामा संलग्न व्यक्तिहरू पक्राउ गरिए पनि ‘अब वार्ता आवश्यक छैन’ भन्ने कुरा तोडमोड गरी प्रचार गरिएको हो।

“हामीले छलफलका लागि बोलाएका हौँ र जेनजी प्रतिनिधिको प्रतीक्षामा छौँ। उहाँहरू आएपछि वार्ता हुन्छ,” मिश्रले भने, “विश्वासको वातावरण बनाउन वार्ता आवश्यक नै छ। अरू माग पूरा हुँदैछन्। वार्ता नगर्ने भन्ने कुरा छैन।”

बुधबार सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी समूहबीच झडप भएको थियो। जेनजीले सिमरा विमानस्थलको गेटसमेत तोडफोड गरेका थिए। आफूहरूमाथि कुटपिट भएको भन्दै उनीहरूले बिहीबार पनि प्रदर्शन दोहोर्याएका थिए।

बुधबार र बिहीबार दुबै दिन कर्फ्यु आदेश जारी भए पनि जेनजीका कार्यकर्ता सडकमा उत्रिएका थिए। बिहीबार उनीहरू र प्रहरीबीच फेरि झडप भएको थियो।

कुटपिटमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै जेनजी समूहले प्रहरीमा उजुरी दिएको छ। उजुरीमा नाम भएका सबैलाई पक्राउ गर्नुपर्ने उनीहरूको माग छ।

“उजुरीमा नाम रहेका सबै पक्राउ हुनैपर्छ। यदि त्यो भएन भने हाम्रो आन्दोलन जारी रहन्छ,” उपाध्यायले चेतावनी दिए।

बाराका एक प्रहरी अधिकारीका अनुसार हालसम्म घटनामा संलग्न तीन जनालाई पक्राउ गरिसकिएको छ। “जेनजीले दिएको उजुरीकै आधारमा तीन जना पक्राउ परेका छन्। अन्यलाई पनि खोजी भइरहेको छ। त्यसैले अब थप आन्दोलन गर्नुको कारण छैन,” अधिकारीले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka