Premier Cables
Premier Steel

अपराध

कोशीमा ब्राउन सुगरसहित ३ जना पक्राउ

Calendar बिहिबार, मंसिर ०४, २०८२  | अपराह्न १:२६ बजे

विराटनगर । झापा, सुनसरी र धनकुटा जिल्लाबाट ३ जनालाई लागू औषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ।

मंसिर ३ गते, जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका-३ बाट मे. ८ प ८१४० नम्बरको मोटरसाईकल चालक अडसाद अलीलाई ६३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। अडसाद अली झापा गाउँपालिका-५ का स्थायी बासिन्दा हुन्।

बिज्ञापन

यसैगरी, सुनसरीको धरान-४ स्थित अस्थायी प्रहरी चौकी पत्रङबारीले सोही स्थानका अनिल राईलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। साथै, प्रहरी चौकी हिले धनकुटाले उदयपुर बेलका नगरपालिका-९ का अर्जुन कार्कीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka