Premier Cables
Premier Steel

समाचार

भोलिबाट एनपीएल: फ्लड लाइटसहितको टियु ग्राउन्ड तयार

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ३०, २०८२  | राती ८:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार, मंसिर १ गतेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुँदैछ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोखार्जबीच प्रतिस्पर्धा हुने छ।

प्रहरीले एनपीएल हेर्न जानेलाई सवारी पार्किङको लागि विभिन्न स्थानहरू तोकेको छ।

बिज्ञापन

भीभीआईपी र भीआईपी सवारीसाधनलाई त्रिवि मैदानको मेन गेटभित्र राख्ने व्यवस्था गरिएको छ।

साधारण दर्शकका लागि सवारीसाधन पार्क गर्नका लागि तीनकुने नजिकको मैदान, घडी आइलेन्डको नजिकको मैदान, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि भीसी कार्यालयसम्मको सडक किनार र सुन्दरीघाट सानेपा खोला करिडोर तोकिएका छन्।

ट्राफिक प्रहरीले सबैलाई जथाभावी पार्किङ नगरी तोकिएका स्थानहरूमा मात्र सवारी पार्क गर्न अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa