Premier Cables
Premier Steel

खेलकुद

दोस्रो जितको लक्ष्यसहित आज मैदान उत्रिँदै लुम्बिनी र काठमाडौँ

Calendar मंगलबार, मंसिर ०९, २०८२  | बिहान ८:०५ बजे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुँदा दुवै टिम दोस्रो जितका खोजीमा हुनेछन्।

दुई–दुई अंक हासिल गरेका काठमाडौँ र लुम्बिनी क्रमशः अंक तालिकाको पाँचौँ र छैटौँ स्थानमा छन्।

बिज्ञापन

लुम्बिनीका लागि आजको खेल प्रतियोगिताको तेस्रो हुनेछ। उसले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले हार व्यहोरेको थियो।

काठमाडौँको भने यो चौथो खेल हो। उसले आफ्नो पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो। तर, दोस्रो तथा तेस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग क्रमशः २९ रन र ५ विकेटले पराजित भएको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको खेल अपराह्न ४ बजे सुरु हुने तालिका छ। मंसिर १ देखि २७ गतेसम्म जारी प्रतियोगितामा हालसम्म १० खेलका नतिजा प्रकाशित भइसकेका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka