Premier Cables

राजनीति

सुदन गुरुङ भन्छन्: बालेन, हर्क सबै एकजुट हुनुपर्छ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ३०, २०८२  | अपराह्न १:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । “हामी नेपाल” नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले ७७ वटै जिल्लाका ‘जेनजी’ (Generation Z) एकजुट भएको बताएका छन्।

उनले आइतबार (कात्तिक ३०) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यो ऐतिहासिक एकता पुरा भएको जानकारी दिएका छन्।

विज्ञापन

उनले लेखेका छन्, “७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म जेनजी बीचमा पूर्ण एकता स्थापन भइसकेको छ।

अब हामी चाहन्छौँ कि अन्य नेपालीहरू पनि यस नेपाल परिवर्तन अभियानमा सहभागी होउन्। पार्टीका चासोभन्दा माथि, देशप्रेमी नेपालीहरूलाई एकजुट हुनु जरुरी छ।”

सुधन गुरुङले डिजिटल प्लेटफर्ममार्फत परिवर्तन चाहने सबै नेपालीलाई एकजुट गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

“अब दोस्रो चरण सुरु हुँदैछ। यस चरणमा, जनताले विश्वास गरेका जिम्मेवार व्यक्तिहरूलाई एउटै थलोमा ल्याउनेछौँ।

हामी हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल जस्ता समाजमा सम्मान प्राप्त व्यक्तिहरूसँगै, अन्य प्रमुख व्यक्तित्वलाई पनि आमन्त्रण गर्न चाहन्छौँ,” उनले थपेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka