Premier Cables
Premier Steel

खेलकुद

एनपीएल टिकट दर कति भयो कायम ?

Calendar बिहिबार, कार्तिक २७, २०८२  | राती ९:१३ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि टिकट दर सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, उद्घाटन खेल हेर्न सामान्य दर्शकले ५०० रुपैयाँ र प्रिमियम दर्शकले १५०० रुपैयाँ तिर्नुपर्नेछ।

बिज्ञापन

अन्य खेलहरूका लागि सामान्य टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १००० रुपैयाँ तोकिएको छ। त्यसैगरी, प्लेअफ तथा फाइनल खेलका लागि सामान्य टिकट १००० रुपैयाँ र प्रिमियम टिकट २००० रुपैयाँ पर्नेछ।

सिजन पासको मूल्य भने १५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानका अनुसार, समर्थकहरूले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन्।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने तय गरिएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka