Premier Cables
Premier Steel

खेलकुद

एनपीएल दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | बिहान ६:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो। त्यस्तै, लुम्बिनी लायन्सले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

बिज्ञापन

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज अपराह्न ४ बजेबाट सुरु हुनेछ। यस सामना जित्ने टोलीले उपाधि भिडन्तमा गत संस्करणका उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणमा विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने लुम्बिनीले चौथो स्थानमा बसेर प्लेअफ यात्रा तय गरेको हो।

प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते निर्धारित गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka