Premier Cables
Premier Steel

खेलकुद

एनपिएलमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच खेल

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १९, २०८२  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । खेल अपरान्ह ४ बजे जनकपुर र लुम्बिनी लायन्सबीच हुनेछ ।

एनपिएलको जारी प्रतियोगितामा लुम्बिनीले लिग चरणको अन्तिम खेल खेल्दै छ । खेल जितेमा लुम्बिनी प्लेअफमा पुग्नेछ ।

पहिलो संस्करणको विजेता जनकपुर भने यसपटक लिग चरणबाटै विदा हुने भएको छ । जनकपुरले यस सृङ्खलामा २ अंक जोड्दै अंक तालिकाको पुछारमा रहेको छ । जनकपुरले आजको खेल जितेको अवस्थामा प्लेअफ समीकरणमा अन्य खेलहरूमा निर्भर रहनेछ।

सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।

प्रतियोगितामा अपराजित रहँदै १२ अंकका साथ सुदूरपश्चिम शीर्ष स्थानमा छ। उसले अझै एक खेल खेल्न बाँकी छ।

सबै खेल खेलिसकेको काठमान्डु १० अंकका साथ दोस्रो स्थानमा छ। एक खेल बाँकी रहेको विराटनगर ८ अंक बनाएर तेस्रो स्थानमा छ। लुम्बिनी चौथो स्थानमा छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka