Premier Cables
Premier Steel

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीद्वारा महागुरु फाल्गुनन्द जन्मजयन्तीको शुभकामना

Calendar मंगलबार, कार्तिक २५, २०८२  | बिहान ८:२० बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु, समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले महागुरु फाल्गुनन्दको सत्य, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरित गरेको बताएका छन्। शुभकामना सन्देश जारी गर्दै अनुसार बाल्यकालदेखि नै समाज सुधारमा समर्पित महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा ऐतिहासिक भूमिका खेलेको जनाएका छन् ।

बिज्ञापन

उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको स्मरण गर्दै सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।

मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको “सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने” सन्देश आजको युगमा पनि जीवनपथका अमूल्य प्रेरणाका रूपमा रहँदै आएको उल्लेख गरेका छन्।

उहाँले महागुरुको आदर्शबाट प्रेरणा लिएर शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । साथै उहाँले कोशी प्रदेश सरकार भाषा, संस्कृति र लिपिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको र संवैधानिक प्रावधानअनुसार भाषाहरूलाई प्रदेश स्तरमा प्रयोगमा ल्याइने आश्वासन पनि दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka