Premier Cables
Premier Steel

चलचित्र

पुलिसले जित्यो झापा महिला गोल्डकपको उपाधि

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो ।

विज्ञापन

खेलको सुरुवातमै दुवै टोली आक्रमक लयमा मैदान उत्रिएका थिए । खेलको तेस्रो मिनेटमा पुलिसकी पूजा रानाले पेनाल्टी बक्सबाहिरबाट दिएको सटिक क्रसमा मिना देउवाले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन् ।

पाँचौँ मिनेटमा एपिएफले पनि गोलको अवसर बनाएको थियो तर कप्तान अनिता बस्नेतको क्रसमा निशा थोकरले गरेको प्रहार पोस्टमाथि जान पुग्यो ।

२० औँ मिनेटमा पुलिसकी रेखा पौडेलले एपिएफका दुई डिफेन्डरलाई बिट गर्दै गरेको सट अञ्जनाले बचाइन् । तर, २२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । रेखाले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाको सामु पुग्यो । मिनाले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाउँदै पुलिसलाई १–० को अग्रता दिलाइन् ।

३३ औँ मिनेटमा एपिएफकी कप्तान अनिताले बराबरीको सुनौलो मौका गुमाइन् । अनिता केसीले दिएको भलि क्रसमा उनले नजिकैबाट गरेको सट पोस्टको दिशा समात्न सकिनन् । त्यसपछि ३८ औँ मिनेटमा सविता रानालाई लडाइएपछि एपिएफले फ्रिकिक पायो तर कप्तान अनिता बस्नेतको सट पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।

पहिलो हाफको अन्तिम मिनेटमा रेखा पौडेलको सट पोस्टको छेउबाट बाहिरियो । मिना देउवाले सेन्टर एरियाबाट तीन खेलाडीलाई बिट गर्दै रेखालाई पास दिएकी थिइन् ।
दोस्रो हाफमा पनि खेल बराबरीको गतिमा अघि बढ्यो ।

६२ औँ मिनेटमा रेखा पौडेलको आक्रमक रन रोक्ने क्रममा एपिएफकी डिफेन्डर मनमाया दमाईले फाउल गरेपछि पहेँलो कार्ड पाउँदा पुलिसले फ्रिकिकको अवसर पायो । कप्तान अमृता जैशीले फ्रिकिकबाट गोलको प्रयास गरेकी थिइन् तर बल पोस्टबाट बाहिरियो ।

८४ औँ मिनेटमा एपिएफले बराबरीको अर्को मौका गुमायो । रश्मि घिसिङले पेनाल्टी बक्स बाहिरबाट रेनुका नगरकोटीलाई पास दिएकी थिइन् तर रेनुकाको प्रहार गोलपोस्ट नजिकबाट बहिरियो । ८९ औँ मिनेटमा पनि रश्मिको आक्रमक सटलाई पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।

अन्ततः खेलको २२ औँ मिनेटमा मिना देउवाले गरेकी गोल नै पुलिसको जितको आधार बन्यो । नेपाल पुलिस क्लबले १–० को जितसहित उपाधि हात पार्दै ऐतिहासिक सफलता हाँसिल ग¥यो ।

उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी पायो । उपविजेतामा सीमित एपिएफले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो ।

फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् । उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने । सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे।

पुलिसकी कप्तान अमृता जैशीको नेतृत्वमा विभागीय टोलीले बलियो रक्षा र तीव्र आक्रमणको प्रदर्शन गर्दै एपिएफलाई दबाबमा राख्यो । खेलभर मिना देउवाको सक्रियता, रेखाको आक्रमक मुड र उषा नाथको बचाउले पुलिसको जित सुनिश्चित गर्यो ।

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka