Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका तीन सह-सचिव प्रदेश सचिवमा पदस्थापन

Calendar सोमबार, कार्तिक २४, २०८२  | साँझ ५:५३ बजे

विराटनगर । कोशी प्रदेश सरकारले संघीय सरकारबाट सरुवा भई आएका तीन जना सहसचिवलाई प्रदेश सचिवका रूपमा पदस्थापन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कोषहरी निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव, र पुष्कर प्रसाद पोखरेललाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।

बिज्ञापन

यसैगरी, बैठकले प्रदेश सभाको सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ। जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेर ध्वस्त भएपछि हाल कटहरी गाउँपालिकास्थित कृषि बजार परिसरमा प्रदेश सभा सञ्चालन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ताले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka