Premier Cables
Premier Steel

राष्ट्रिय

रवि लामिछानेसँग आयोगले थाल्यो बयान लिन

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १९, २०८२  | अपराह्न २:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिन सुरू गरेको छ।

बुधवार दिउँसो नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा पुर्‍याइएका लामिछानेको बयान हाल सुरू भएको हो। आयोगले जेनजी आन्दोलनका क्रममा भएका गतिविधि, सरकारी संयन्त्रको भूमिका तथा आन्दोलनका क्रममा उठेका विवादहरूबारे लामिछानेसँग जानकारी लिने तयारी गरेको छ।

बिज्ञापन

सरकारले जेनजी आन्दोलन र त्यस क्रममा भएका घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो। सहकारी बचत रकम अपचलन मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्।

भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका बीच लामिछाने जेलबाट निस्किएका थिए तर केही समयपछि पुनः नख्खु कारागार फर्किएका थिए।

मंगलबार आयोगका अध्यक्ष कार्की स्वयं नख्खु कारागार पुगेर स्थल निरीक्षण गर्दै लामिछानेसँग भेट गरेका थिए। यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशी, त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूसँग पनि घटनासम्बन्धी बयान लिइसकेको छ।

भदौ २४ गते जेलबाट बाहिरिँदा लामिछानेले कारागार प्रशासनले आफूलाई एउटा पत्र दिएको दाबी गरेका थिए। तर बयानका क्रममा कारागार प्रमुख जोशीले उक्त पत्र आफूले नदिएको बताएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka