Premier Cables

खेलकुद

विराटनगर किङ्सले दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान फाफ डु प्लेसिसलाई अनुबन्ध गर्ने

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८२  | साँझ ५:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर किङ्सले यस सिजनका लागि दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान फाफ डु प्लेसिसलाई अनुबन्ध गर्ने भएको छ। एनपिएलको यो सिजनको ब्यापक तयारी शुरु भएको छ ।

आगामी सिजनको तयारी तीव्र बनाएको विराटनगर किङ्सले अनुभवसहित आक्रामक खेल शैलीका लागि चिनिएका पूर्व दक्षिण अफ्रिकी कप्तान डु प्लेसिसलाई टोलीमा भित्र्याउने अन्तिम तयारी गरेको हो।

विज्ञापन

टोली व्यवस्थापनका अनुसार डु प्लेसिसको आगमनले टिमको ब्याटिङ लाइनअप थप सशक्त बन्ने अपेक्षा गरिएको छ।

डु प्लेसिसले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका लागि उल्लेखनीय प्रदर्शन गर्दै विश्वभरका टी–२० लिगमा उत्कृष्ट छाप छोडेका छन्। उनका उपस्थितिले आगामी सिजनमा विराटनगर किङ्सलाई उपाधि प्रतिस्पर्धामा बलियो दाबेदार बनाउने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka