Premier Cables
Premier Steel

राष्ट्रिय

मनाङमा हिमपातमा फसेको १५ सय जनाको उद्धार

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८२  | बिहान ११:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मनाङ । लगातारको भारी हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका करिब १ हजार ५ सय जनालाई नेपाली सेनाको नेतृत्वमा उद्धार गरिएको छ।

नेपाली सेनाले बुधबार बिहान दिएको जानकारीअनुसार मंगलबारदेखि परेको हिमपातका कारण तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका २०० भन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० जनाको सफलतापूर्वक उद्धार गरिएको हो।

बिज्ञापन

उद्धार कार्यमा स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीयवासीको सहकार्य रहेको सेनाले जनाएको छ।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको टोलीले हिमपातका कारण अड्किएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka