Premier Cables
Premier Steel

समाचार

झापाको मानव सेवा आश्रममा एक वर्षमा ११ जनाको मृत्यु

Calendar आइतबार, असोज २६, २०८२  | बिहान ८:२९ बजे

बिर्तामोड । झापाको मेचीनगर–४ मा सञ्चालनमा रहेको मानव सेवा आश्रममा आश्रित ११ जनाको मृत्यु भएको खुलेको छ ।

करिब एक वर्षको अवधिमा ती व्यक्तिहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिज्ञापन

सबैभन्दा पछिल्लो घटना अनुसार, शिवसताक्षी नगरपालिकाले उद्धार गरी आश्रममा पठाएकी ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको हो । असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी उक्त आश्रममा पठाइएको थियो ।

यसअघि पनि आश्रममा आश्रित विभिन्न व्यक्तिहरूको क्रमिक मृत्यु हुँदै आएको प्रहरीले जनाएको छ । मृत्युका कारणबारे अनुसन्धान भइरहेको र स्वास्थ्य सम्बन्धी अवस्थाबारे विवरण संकलन भइरहेको जनाइएको छ ।

यसैबीच, झापाको दमक नगरपालिका–२ स्थित मानव उद्धार सेवा आश्रमबाट एक आमा र छोरी फरार भएका छन् । हिजो दिउँसो करिब २ बजे इलाम फुयतप्पा घर बताउने ३४ वर्षीया डिल्लीमाया लिम्बू र उनकी दुई वर्षीया छोरी आश्रमबाट फरार भएका हुन् ।

अघिल्लो दिन दमक–९ क्याम्पसमोड क्षेत्रमा ती आमाछोरी बेवारिसे अवस्थामा फेला परेपछि दमक नगर प्रहरीले उद्धार गरी मानव उद्धार सेवा आश्रममा राखेको थियो । तर, त्यसको भोलिपल्टै उनीहरू फरार भएका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka