२०८२ बैशाख ३०, मंगलबार
Premier Cables

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

Hamro Biratnagar Calendar आइतबार, बैशाख २८, २०८२

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ थिए ।

बिज्ञापन

यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् ।

बिज्ञापन

आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement