नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सेरेब्रल पाल्सी दिवसको अवसरमा इक्राही गाउँस्थित रोटरी क्लब अफ विराटनगर डाउनटाउन सबिता चिल्ड्रेन न्युरोलोजिकल रिहाबिलिटेशन सेन्टरमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्यूजनका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागी सदस्यहरूले बालबालिकालाई उपहार वितरण गर्दै यस वर्षको रोटरी थीम “युनाइट फर गुड” (भलाइका लागि एकता) लाई संयुक्त रूपमा मनाए।
यस अवसरमा मुम्बई निवासी रत्नीदेवी काबराले केन्द्रको दैनिकी सञ्चालनका लागि यस रोटरी वर्षमा पाँच लाख रुपैयाँको सहयोग प्रदान गरेकी थिइन । उनको तर्फबाट क्लबले अरुण राठी र श्याम राठीलाई सम्मान गरेर कृतज्ञता प्रकट गरेको छ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले श्रीमती काबराको उदार सहयोगप्रति हार्दिक आभार प्रकट गरेको छ।

