Premier Cables
Premier Steel

राजनीति

गगन थापाको प्रस्ताव: देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गरौं

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | अपराह्न ३:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट अलग राख्दै नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा थापाले वर्तमान कार्यसमितिको कार्यकाल थप नगरी मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा प्रस्तुत गरेका हुन्। देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिँदैछ।

बिज्ञापन

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार थापाले सभापति देउवालाई बाहिर राखेर कार्यवाहक व्यवस्था मार्फत महाधिवेशनतर्फ जानुपर्ने संकेत गरेका थिए। यद्यपि उनले कार्यवाहक को भन्ने विषयमा भने स्पष्ट रूपमा नाम तोकेका छैनन्।

बैठक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी छ। महामन्त्री थापा बैठकमा निरन्तर आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्।

यसैबीच, सभापति देउवा बैठकमा सहभागी छैनन्। भदौ २४ गते ‘जेनजी आन्दोलन’को क्रममा आन्दोलनकारीहरूले उनलाई बुढानीलकण्ठस्थित निवासबाट बाहिर निकालेर कुटपिट गरेका थिए। सो घटनामा देउवाको घाँटीमा गम्भीर चोट लाग्दा १२ वटा टाँका लगाउनुपरेको थियो। घाउ अझै निको नभएकाले उनी बैठकमा उपस्थित नभएको बताइएको छ।

बैठकले यही असोज २६ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ। बैठकमा इतर समूहका नेता डा. शेखर कोइरालाको पनि सहभागिता रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka