Premier Cables

कोशी प्रदेश

जहदा गाउँपालिकाले अस्थायी र करारका कर्मचारी हटायो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | बिहान ११:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल सरकारको निर्णयअनुसार जहदा गाउँपालिकाले अस्थायी तथा करार सेवामा नियुक्त कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ।

आर्थिक मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको निर्णयका आधारमा, “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” भन्ने स्पष्ट निर्देशनसँगै जहदा गाउँपालिकाले २०८२/०६/२१ गतेदेखि लागू हुनेगरी सबै अस्थायी तथा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको सेवा सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

विज्ञापन

यो निर्णय अन्तर्गत, गाउँपालिकाभित्र अस्थायी दरबन्दीमा नियुक्त कर्मचारीहरूलाई पुनः नियुक्ति नगर्ने स्पष्ट उल्लेख गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताले हस्ताक्षर गरेको सूचनामा, सम्बन्धित सबै पक्षलाई जानकारीका लागि यो सूचना सार्वजनिक गरिएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka