Premier Cables

खेलकुद

नेपालद्वारा कुवेत पराजित

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | बिहान १२:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको छ।

ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनायो। जवाफी ब्याटिङमा कुवेतले १८.१ ओभरमा ८३ रनमै सबै विकेट गुमायो।

विज्ञापन

नेपालका कुशल भुर्तेलले ५६ बलमा ६६ रन बनाए। उनले इनिङको सुरुवातदेखि अन्तिम ओभरसम्म ब्याटिङ गरे। गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले समान २० रन बनाए भने कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए। कुवेतका अनुदीप चन्दमारा र नविनराज राजेन्द्रनले समान दुई विकेट लिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक/एक विकेट लिए। कुवेतका लागि क्लिन्टो एन्टोले २६, यासिन पटेलले १९ र मित भावसरले ११ रन बनाए।

समूह ‘बी’ मा नेपाल, कुवेत र जापान रहेका छन्। नेपालले अब समूह चरणको दोस्रो खेल जापानविरुद्ध खेल्नेछ। प्रतियोगितामा ९ टिम सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ चरणमा पुग्नेछन्। सुपर–६ बाट तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

यसअघि नेपालले वेस्ट इन्डिजसँगको तीन खेलको तयारी शृंखला २–१ ले जितेको थियो। ओमानमै सम्पन्न अभ्यास खेलहरूमा पनि नेपाल विजयी भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka