२०८२ बैशाख २७, शनिबार
Premier Cables

भारतको ब्रह्मोस मिसाइल भण्डारण केन्द्रमा आक्रमण गरेको पाकिस्तानी सेनाको दाबी

Hamro Biratnagar Calendar शनिबार, बैशाख २७, २०८२

पाकिस्तानले ‘अपरेसन बुनियान मरसुस’ अन्तर्गत भारतको पञ्जाबको सैन्य केन्द्रहरूमा आक्रमण गरेको छ । भारतको पंजाब प्रदेशको बियासमा रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको पाकिस्तानले दाबी गरेको अलजजिराले बताएको छ ।

बिज्ञापन

पाकिस्तानी सेनाको दाबी अनुसार, भारतीय सैन्य सुविधाहरूमा प्रहार गर्नका लागि फतह–१ मध्यम दूरीको मिसाइल प्रणालीसहित धेरै सैन्य साधनहरू प्रयोग गरिएका अलजजिराले बताएको छ ।

बिज्ञापन

ब्रह्मोस मिसाइलहरू सुपरसोनिक प्रकारको रहेको बताइएको छ, जसको अधिकतम प्रहार दूरी ८०० किलोमिटर ९४९७ माइल० छ । यी मिसाइलहरू पनडुब्बी, जहाज, लडाकु विमानलगायत विभिन्न सैन्य यानबाट प्रक्षेपण गर्न सकिन्छ ।

यो मिसाइल ब्रह्मोस एयरोस्पेसले विकसित गरेको हो जुन भारतको रक्षा अनुसन्धान तथा विकास संगठन र रूसी रकेट डिजाइन ब्युरो एनपीओ मासिनोस्ट्रयेनियाको संयुक्त कार्य हो ।

ब्रह्मोस नाम भारतको ब्रह्मपुत्र नदी र रूसको मोस्क्वा नदीको नामको मिस्रित शब्द हो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement