Premier Cables

कोशी प्रदेश

कोशी सरकारको निर्णय: जेनजी मृतकका परिवारलाई एक लाख काजक्रिया खर्च दिने

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०२, २०८२  | राती ८:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलनपछिको पहिलो मन्त्रिपरिषद् बैठक बिहीबार कोशी प्रदेश सरकारले सम्पन्न गरेको छ।

बैठकले प्रदेशभित्र पाँच लाख रुपैयाँसम्मका सम्पूर्ण योजनाहरू कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

विज्ञापन

बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनीहरूका परिवारलाई काजक्रियाका लागि एक लाख रुपैयाँ सहयोग दिने निर्णय पनि गरेको छ।

यो सहयोग आन्दोलनमा सहभागी भई निधन भएका व्यक्तिहरूको परिवारलाई मात्र उपलब्ध गराइनेछ, भनी आन्तरिक मामिला तथा कानुनमन्त्री रमण भण्डारीले जानकारी दिए।

त्यस्तै, आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिको मूल्याङ्कन गर्न आगामी कात्तिक ९ गतेसम्मको समय सीमा तोक्दै, आवश्यक अध्ययन तथा प्रतिवेदन तयार पार्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरिएको मन्त्री भण्डारीले बताए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka