Premier Cables

विराटनगर

विराटनगरमा नेकपा एमाले मोरङको पार्टी कार्यालयमा आगजनी

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलन चर्कँदै जाँदा विराटनगरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। सोही क्रममा नेकपा (एमाले) मोरङको पार्टी कार्यालयमा आगजनी भएको छ। प्रहरीले यस घटनामा जेनजी समूहका प्रदर्शनकारीको संलग्नता रहेको बताएको छ।

प्रदर्शनमा सहभागी एक समूह विराटनगरको पाञ्चालीस्थित एमाले मोरङ कार्यालयमा जबरजस्ती प्रवेश गरी तोडफोडपछिको अवस्थामा आगजनी गरेको थियो।

विज्ञापन

प्रहरीको भनाइ अनुसार, भीडले कार्यालयको केही भागमा पेट्रोल छर्केर आगो लगाएको देखिएको छ। आगलागी नियन्त्रणमा लिन दमकल र प्रहरी परिचालन गरिएको छ, तर अवस्था पूर्णरूपमा नियन्त्रणमा आएको छैन।

घटनास्थल प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सुरक्षा बलले स्थिति अनुसार आवश्यक बल प्रयोग गर्न सक्ने संकेतसमेत दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka