विराटनगर । झापामा बिहानैदेखि जेनजी पुस्ताले बिहानै देखि प्रदर्शन शुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै जेनजी पुस्ताले आन्दोलन चर्काएको हो । त्यस क्रममा बिर्तामोड स्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
बिज्ञापन
बिहानैदेखि बिर्तामोडको मुक्तिचोकमा आन्दोलनकारीहरुले टायर बालिरहेका छन् ।
बिर्तामोड ५ मुक्ति चोकमा करिब ३०० जना प्रदर्शनकारीहरुले स्वतस्फूर्त रुपमा भेला भई पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामानहरु, प्रहरी पोष्टहरु , ट्राफिक चिन्हहरु सडकमा ल्याई आगजनी गरिरहेका छन् ।
हालको अवस्था तनाबग्रस्त रहेको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।