Premier Cables
Premier Steel

राजनीति

प्रचण्डलाई बालेनको जवाफ: एकादेशमा टिकटक पनि ‘ब्यान’ भएको थियो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान ६:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध चर्किंदै गएको जनआक्रोशका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमै कटाक्ष र जवाफको आदानप्रदान भएको छ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सरकारको सञ्जालमा रोक लगाउने निर्णयको विरोध गर्दै युवा आन्दोलनप्रति समर्थन जनाएका छन्। उनले लेखेका छन्,

बिज्ञापन

“सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरुद्धताका विरुद्ध युवाहरुले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। …भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहने कुरा स्पष्ट छ।”

तर उनको यस अभिव्यक्तिपछि काठमाडौंका मेयर बालेन शाहले तीखो कटाक्ष गरेका छन्। उनले सोही पोस्टमा कमेन्ट गर्दै भनेका छन्,

“एकादेशमा Tiktok पनि ban भएको थियो।
हजुर PM हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही थिएन, मबाट पनि केही थिएन। अहिले कोही आन्दोलनमा छन्, कोही स्टाटसमा। कोही पनि इमानदार छैन।”

बालेनको यो जवाफलाई धेरैले प्रत्यक्ष आलोचनाको रूपमा लिएका छन्, जसमा उनले सरकार, नेतृत्व र स्वयम् आफ्ना सीमाहरू समेत स्विकार गरेका छन्।

सामाजिक सञ्जालमै बहसको
प्रधानमन्त्रीको पोस्टमा १२.५ हजारभन्दा बढी कमेन्ट र ९३७ सेयर भइरहेको छ भने, बालेन शाहको जवाफ ५८ हजारभन्दा बढी प्रतिक्रियासहित भाइरल बनेको छ।

यो घटनाले सामाजिक सञ्जाल नै आन्दोलन र बहसको केन्द्र बनेको पुष्टि गर्दछ, जहाँ नेतृत्व तहका व्यक्तिहरू समेत सार्वजनिक रूपमा विचारको टकराव गरिरहेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka