Premier Cables
Premier Steel

राष्ट्रिय

इन्द्रजात्रामा राष्ट्रपतिको स्वागतमा आफैँ गए बालेन, प्रधानमन्त्री ओलीलाई बेवास्ता !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २१, २०८२  | राती ८:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न विशिष्ट व्यक्तिहरूले शनिबार राजधानी काठमाडौंमा सम्पन्न इन्द्रजात्रा पर्वको अवलोकन गरेका छन्।

राष्ट्रपतिको स्वागतमा काठमाडौं महानगरपालिकाका मेयर‌बालेन साह आफै गएका थिए तर प्रधानमन्त्री केपी ओलीलाई स्वागत गर्न गएनन् । ईन्द्र जात्राको समारोह काठमाडौं महानगरपालिकाले आयोजना गर्ने गरेको छ ।

बिज्ञापन

उनीहरू वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा आयोजित मुख्य समारोहमा सहभागी भएका थिए। इन्द्रजात्राको मुख्य दिनको अवसरमा विशिष्ट पाहुनाहरू जुद्ध सालिक नजिकैबाट पैदल हिँडेर गद्दी बैठकसम्म पुगेका थिए।

इन्द्रजात्राको दिन विशेषगरी श्रीगणेश, श्रीभैरव र जीवित देवी श्रीकुमारीको रथयात्रा निकालिन्छ।

साथै, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै यो परम्परागत पर्व श्रद्धाका साथ मनाइन्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka