






विराटनगर । उन्नाइसौँ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विराटनगरमा एक बृहत जनचेतनामूलक र्याली निकालिएको छ।
मानव बेचबिखन नियन्त्रण जिल्ला समिति मोरङको मुख्य आयोजनामा आयोजित सो र्यालीमा मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव, विराटनगर महानगरपालिकाका प्रतिनिधिहरू, वडा अध्यक्षहरू तथा विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
र्यालीमा ३०० भन्दा बढी सहभागी थिए। उनीहरूले “मानव बेचबिखन अन्त्य गरौं”, “अपरिचितको भरमा नपर्नुहोस्”, “सुरक्षित यात्रा, सुरक्षित जीवन” जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकेका थिए।
कार्यक्रमको उद्देश्य नागरिकमा मानव बेचबिखन सम्बन्धी चेतना फैलाउने, जोखिम न्यूनीकरण गर्ने र राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ बनाउने रहेको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मानव बेचबिखन मानवताविरोधी अपराध भएको बताए । यसका लागि सचेतनासँगै कानुनी कारवाहीको विषयमा समेत सबैमा जानकारी गराइनु पर्नेमा जोड दिए । प्रजिअ यादवले जबसम्म गरिबी र अशिक्षा हट्दैन तबसम्म मानव बेचबिखनको समस्या भई रहने बताए । उनले मावन बेचविखन एउटा सामाजिक अपराध भएको पनि बताए ।
मानव बेचबिखनको अन्त्य गर्नका लागि अशिक्षा र गरिबीलाई हटाउन जरुरी रहेको उल्लेख गरे । यसका लागि सचेतनासँगै कानुनी कारवाहीको विषयमा समेत सबैमा जानकार हुनुपर्ने उनको जोड थियो । इलाका प्रहरी कार्यालय रानीबाट शुरु भएको र्याली विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटसम्म पुगेर सभामा परिणत भएको थियो ।
इलाका प्रहरी कार्यालय रानीबाट शुरु भएको र्याली विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटसम्म पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल मोरङ, गैरसरकारी संस्था महासंघ मोरङ, इन्सेक, माइती नेपाल, नव अभियान नेपाल, एबीसी, नेपाल समुदाय प्रहरी साझेदारी, ओरेक नेपाल, तरङ्गिनी फाउन्डेसन, आफन्त नेपाल, साना हात नेपाल लगायत संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।