Premier Cables
Premier Steel

विराटनगर

जनजागरण अभियान शुरु, के भने मधेसी दलका नेताले ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | बिहान ८:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सङ्घीय लोकतान्त्रिक मोर्चाले ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ सुरु गरेको छ।

मोर्चाका घटक दल जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा सोमबारदेखि विराटनगरमा अभियानको औपचारिक शुभारम्भ गरिएको हो।

बिज्ञापन

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्दै देशको वर्तमान राजनीतिक अवस्था, पहिचान र अधिकारका मुद्दा तथा सरकारको व्यवहारबारे धारणा व्यक्त गरे।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै उत्पीडित समुदायहरूले आ–आफ्नो राष्ट्रिय अर्थात जातीय पहिचान खोजिरहेको उल्लेख गर्दै पहिचानसँगै प्रतिनिधित्व, स्वायत्तता र सुशासन पनि मुख्य माग भएको बताए। उनले हालै सरकारले ल्याउन खोजेको भूमि ऐनको आलोचना गर्दै यो ऐनले वनजंगल मुक्त गर्ने नाममा धन कमाउने योजना लुकाएको आरोप लगाए।

मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसी, थारु, आदिवासी जनजाति, दलित र पछाडि पारिएका वर्गहरूले अलग-अलग संघर्ष गर्दा असफल भएको बताए। अब सबै उत्पीडित वर्ग एकजुट भएर साझा अधिकार, पहिचान, स्वायत्तता र सुशासनका लागि संगठित आन्दोलन गर्नुपर्ने उनले स्पष्ट पारे।

लोसपा नेपालका अध्यक्ष तथा मोर्चाका अर्का नेता महन्थ ठाकुरले अधिकार र पहिचानका लागि संघर्ष गर्ने योद्धाहरूमाथि सरकारले झूटा मुद्दा लगाएर जेलमा हाल्ने कार्यको निन्दा गरे। उनले राजा हटाएर गणतन्त्र स्थापना गर्नु नेपालको ठूलो उपलब्धि भएको बताए। उखु किसानप्रति सरकारको बेवास्ताप्रति असन्तुष्टि व्यक्त गर्दै उनले किसानमाथि भइरहेको उपेक्षा अन्त्य हुनुपर्ने धारणा राखे।

सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान देशभर विस्तार गर्ने योजना रहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa