Premier Cables
Premier Steel

विराटनगर

इम्बोस्ड नम्बर प्लेट लागू नगर्न विराटनगरका पेन्टरहरुको माग

नोट: यो समाचार २ महिना अघिको हो

Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न १:४४ बजे

विराटनगर । विराटनगरका पेन्टरहरुले इम्बोष्ड नम्बर प्लेट लागू नगर्न भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत प्रधानमन्त्रीलगायत सरोकारवाला मन्त्रालयलाई ज्ञापन पत्र पठाई उनीहरुले ध्यानाकर्षण गरेका हुन ।

बिज्ञापन

सोमबार पेन्टरहरुले पठाएको ज्ञापन पत्रमा यही असोज १ गतेबाट अनिवार्य लागु गर्ने भनिएको निर्णय नेपालको सन्दर्भमा अध्यवहारिक र असान्दर्भिक रहेको उल्लेख छ ।

सरकारले आफूहरुको पेशा व्यवसाय नै ठप्प हुने गरी गरेको निर्णय अमान्य भएको भन्दै पेन्टरहरुले संघर्षका कार्यक्रमहरु सहित आन्दोलनमा जाने चेतावनी पनि दिएका छन् । देखावटी रुपको अन्तर्राष्ट्र स्तरको बनाउँदै नाममा अंग्रेजी लिपिको प्रयोग गरी नेपालको ऐतिहासिक तथा मौलिक पहिचान बोकेको नेपाली देवनागरी लिपीको वेवास्ता गर्न् खोजिएको ज्ञापन पत्रमा जनाइएको छ । नेपालको संविधान प्रदत्त मौलिक हक उलंघन गरी राप्ट्रिय अस्मिता माथि खेलबाड गरेको ठहरिने दाबी गरिएको छ ।

देशभरिका करिब १ लाखको हाराहरीमा रहेका स्वरोजगार कर्र्मशील आरटिस्टहरु सरकारको निर्णयबाट प्रभावित हुने जनाइएको छ । सम्पूर्ण सवारी साधनहसुको डाटा सफटवेयरको मध्यमबाट नेपाल र नेपालीको विवरण विदेशी कम्पनीहरूको पहुंचमा जाने भएको हुंदा गोपनियता भंग हुने उनीहरुले जनाएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka