Premier Cables

समाचार

जलवायु परिवर्तन नियन्त्रणमा नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १९, २०८३  | साँझ ४:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर कम गर्न नेपाल र भारतबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालयस्थित नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मोहपात्राले जलवायु परिवर्तन साझा समस्या भएकाले संयुक्त संयन्त्र बनाएर काम गर्नुपर्ने बताए।

विज्ञापन

प्रधानमन्त्री वालेन्द्र शाहले हालै संयुक्त राष्ट्रसंघीय महासभामा जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनले संयुक्त संयन्त्र बनाएर काम गर्नुपर्ने प्रस्ताव राखेको उल्लेख गर्दै मोहपात्राले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताए।

उनले प्राकृतिक विपत्तिको कुनै सीमा नहुने भएकाले हिमालय क्षेत्रका तीन देशबीच सहकार्य आवश्यक रहेको बताए। हालैको भोटेकोशी बाढीले नेपाल, भारत र चीनका नागरिक प्रभावित भएको उल्लेख गर्दै उनले प्राकृतिक विपत्तिको असर तीनै देशका नागरिकले भोग्नुपरेको बताए।

मोहपात्राले नेपाल–भारत सम्बन्धलाई राजनीतिक विषयबाट मात्र हेर्न नहुने बताए। भारतको ‘छिमेक प्रथम’ नीतिमा नेपाललाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। उक्त नीति सम्मान, संवाद, शान्ति र समृद्धिमा आधारित हुनुपर्ने उनले बताए।

कार्यक्रममा सिनासका अध्यक्ष डा. मृगेन्द्रबहादुर कार्कीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे चर्चा गरे। उनले नेपाल–भारत सम्बन्धको इतिहास बुझ्न राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका विदेश नीति तथा ‘दिव्योपदेश’ महत्वपूर्ण रहेको बताए।

प्राध्यापक आनन्द आदित्यले नेपाल–भारत सम्बन्ध राजनीतिक विषयभन्दा माथि रहेको बताए। उनले दुई देशबीच आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka