Premier Cables

कोशी प्रदेश

प्रचण्डले भने- कोशी नाम अहिले स्वीकार गरौं

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | साँझ ४:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशको नामकरणबारे लामो अन्योल र विरोधपछि नेकपा (माओवादी केन्द्र) फेरि कोशी नाम स्वीकार गर्ने पक्षमा उभिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै कोशीलाई डि फ्याक्टो (व्यवहारिक) रूपमा स्वीकार गर्नुपर्ने बताएका हुन्।

विराटनगरमा आयोजित पार्टीको प्रदेश सचिवालय बैठकमा प्रचण्डले पार्टीबाट नामकरणको प्रक्रियामा त्रुटि भएको स्वीकार गर्दै भने, “संविधानसभामा आरक्षणजस्ता विषयमा फरक मत राखेर पनि संविधान पारित गरेका थियौं, कोशीको नाममा पनि त्यसैगरी निर्णय स्वीकार गरेर अघि बढ्नुपर्छ।”

विज्ञापन

तर उनले यो नामलाई डि जुरे (कानुनी) रूपमा भने स्वीकार नगरिने स्पष्ट पारे। “अहिलेलाई डि फ्याक्टो रूपमा मान्छौं, तर आगामी निर्वाचनपछि दुई तिहाई बहुमत ल्याएर किरात, लिम्बुवान वा कोच नामका लागि पहल गर्नुपर्छ,” उनले भने।

बैठकमा प्रचण्डले प्रदेश नेतृत्वलाई केन्द्रमा सुझाव पठाउन निर्देशन पनि दिए। विडम्बना, उनले कोशी नाम स्वीकार गर्ने भनिरहँदा बैठकस्थलको ब्यानरमा भने “प्रदेश १” लेखिएको थियो।

२०७९ फागुन १७ मा प्रदेश १ को नाम कोशी राखिएको थियो। एमाले, कांग्रेस र माओवादीको समर्थनमा नाम पारित भए पनि नामकरणपछि पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित व्यापक आन्दोलन सुरु भएको थियो। त्यस क्रममा २०७९ चैत ५ मा विराटनगरमा एक आन्दोलनकारीको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।

विरोध चर्किएपछि माओवादी केन्द्रले नामकरणमा गल्ती भएको स्वीकार्दै पहिचानकै पक्षमा उभिने बताएको थियो। त्यसयता पार्टीले आफ्ना कार्यक्रमहरूमा “प्रदेश १” लेख्न थालेको थियो, यद्यपि नेताहरूले “कोशी” नै बोल्दै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka