Premier Cables
Premier Steel

राजनीति

रवि लामिछानेको सर्वदलीय बैठकमा कांग्रेस-एमालेका नेता नजाने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्।

देशको समसामयिक राजनीतिक अवस्था र साझा चासोका विषयमा छलफल गर्न लामिछानेले सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाएका हुन्। बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई निमन्त्रणा गरिएको थियो।

बिज्ञापन

तर, कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी नहुने भएका छन्। नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुने कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी छन्। यस्तै, एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महरले बैठकमा प्रतिनिधित्व गर्नेछन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थिति तथा समसामयिक मुद्दाहरूमा दलहरूबीच साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa