Premier Cables

कोशी प्रदेश

पूर्व राष्ट्रपति भण्डारीले सक्रिय राजनीति नगर्नु उचित : मुख्यमन्त्री कार्की

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | साँझ ४:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका छन्।

धनकुटामा अखिल नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपतिहरूले सक्रिय राजनीति नगर्नु उचित हुने धारणा राखे। उनले भने, “राष्ट्रको प्रमुखको जिम्मेवारी सम्हालेका व्यक्तिलाई हामीले गालीगलौज गर्नु हुँदैन। बरु, उनीहरूलाई सम्मानका साथ सामाजिक कार्यमा लाग्न अभिप्रेरित गर्नुपर्छ।”

विज्ञापन

उनका अनुसार नेकपा एमालेको निर्माण र सुदृढीकरणमा पूर्व राष्ट्रपति भण्डारीको उल्लेखनीय योगदान रहेको छ, जसलाई सम्मान गर्न आवश्यक छ। कार्कीले स्पष्ट पारे, “संविधानको संरक्षक र सम्पूर्ण जनताको अभिभावक भइसकेको व्यक्तिलाई सम्मानित व्यवहार गर्नु नै राष्ट्रको हितमा हुन्छ। एमालेले यही सोचका आधारमा पूर्व राष्ट्रपति भण्डारीलाई सम्मानजनक व्यवहार गर्न आग्रह गरेको हो।”

कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले उद्यमशीलता प्रवर्द्धनका लागि चालेका विभिन्न कदमबारे जानकारी गराए। उनले बताएअनुसार, अब उद्यम गर्न चाहनेले बिना धितो ऋण पाउने व्यवस्था गरिएको छ।

उनले भने, “यदि तपाईंले नयाँ र सिर्जनात्मक उद्यम गर्न चाहनुहुन्छ भने, तपाईंको परियोजनाको मूल्यांकन गरेर बैंकले ऋण दिनेछ। उक्त ऋणको ब्याज प्रदेश सरकारले तिर्नेछ, र धितो राख्नु पर्नेछैन।”

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka