Premier Cables
Premier Steel

समाचार

कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृत्यु

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न ३:०७ बजे

कुवेत । कुवेतमा लुकीछिपी बिक्री हुँदै आएको विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृतकहरूको विवरण संकलनको प्रक्रिया जारी छ भने केही बिरामीहरूको उपचार भइरहेको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले मदिरामा अत्यन्तै विषालु मेथानोल प्रयोग गरिएको पुष्टि गरेको छ। मेथानोलयुक्त मदिरा सेवनपछि २३ जनाको मृत्यु भइसकेको र १६० भन्दा बढी बिरामी अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

मृतक र गम्भीर बिरामीमध्ये अधिकांश निर्माण क्षेत्रमा कार्यरत श्रमिक रहेका छन्। धेरैलाई मिर्गौला फेल भएर डायलासिसको आवश्यकता परेको छ भने केहीमा अन्धोपन देखिएको छ।

कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित भए पनि अवैध रूपमा उत्पादन र बिक्री हुने गरेको छ। विषाक्त मदिराको स्रोत पत्ता लगाउन स्थानीय निकायहरूले अनुसन्धान सुरु गरेका छन्।

प्रारम्भिक लक्षणहरूमा टाउको दुख्ने, बान्ता हुने, दृष्टि धमिलो हुने लगायतका समस्या देखिएको छ। स्वास्थ्य अधिकारीहरूले मेथानोल मानव उपभोगका लागि अयोग्य र अत्यन्तै घातक रहेको चेतावनी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka