Premier Cables
Premier Steel

अपराध स्वास्थ्य

झुम्का कारागारमा भाइरल ज्वरो फैलियो, ३ सयभन्दा बढी कैदीबन्दीको स्वास्थ्य परीक्षण

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर । झुम्का कारागारमा भाइरल ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्याले थलिएका कैदीबन्दीहरूबीच दुई साताको अवधिमा चार जनाको मृत्यु भएको छ। स्थिति गम्भीर बन्दै गएपछि कारागारमा साढे ३ सयभन्दा बढी कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, बुधवार राति चिकित्सक टोलीले व्यापक स्वास्थ्य परीक्षण गरेको हो। “धेरैजसोमा भाइरल ज्वरो र केहीमा श्वासप्रश्वासको समस्या देखिएको छ। परीक्षण र उपचार कार्य जारी छ,” उनले जानकारी दिए।

बिज्ञापन

अचानक बिरामी परेका कैदीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ। बिरामीमध्ये जबरजस्ती करणी, कर्तव्य ज्यान, ठगी, लागूऔषधजस्ता मुद्दामा सजाय काटिरहेका कैदीहरू छन्। हाल उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।

उपचाररत कैदीहरूको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब निरीक्षक भिमबहादुर बस्नेतको नेतृत्वमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको छ।

हिजो साँझ ५:३० बजे सप्तरीका ४६ वर्षीय कैदी जलेश्वर यादवको मृत्यु भएको हो। जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका यादव अचेत भएपछि अस्पताल ल्याइएको थियो। साँझ ६:११ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

यसअघि धरानका सागर राई, सुनसरीका रामदेव उराँव र भोजपुरका विकास राईको पनि उपचारका क्रममा मृत्यु भइसकेको छ। ती सबैमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको बताइएको छ।

हाल झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ मा १,७९४ जना कैदीबन्दी छन्। एकैपटक ठूलो संख्यामा बिरामी देखिनु र कैदीको मृत्यु हुनु कारागारको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाउने घटना बनेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka