Premier Cables

अर्थ

सोल्टी वेस्टेन्डमा ढावा फुड फेस्टीभल

Calendar मंगलबार, साउन २७, २०८२  | राती ९:१५ बजे

विराटनगर । सोल्टी वेस्टेन्ड इटहरीमा ढावा फुड फेस्टीभल आयोजना हुने भएको छ ।

यसको लागि सबै तयारी पूरा भएको सोल्टीले जनाएको छ । कोसी प्रदेशमा पहिलो पटक हुन लागेको यस्तो महोत्सव १५ देखि २३ अगस्तसम्म चल्ने छ ।

बिज्ञापन

होटलको ब्याकयार्डमा लगाइने खाना महोत्सवमा इन्डियन कुजिन (खाजा–खाना) पस्कने तयारी भएको छ । अब यो महोत्सव शुरु हुन चार दिनमात्र बाँकी छ ।

आयोजकका अनुसार महोत्सवमा पञ्जाबी खानाका परिकार, बनारसको पान, चाट काउन्टर, फ्रुट काउन्टर आदि रहने छन् । यसमा निःशुल्क प्रवेश गर्न पाइने छ ।

यो पूर्वमै पहिलो हुन लागेको छ । खाना पारखीहरुलाई यो महोत्सव राम्रो अनुभवन रहने छ ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka