इटहरी । अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतलाई भव्य र अविस्मरणीय बनाउने उद्देश्यका साथ सोल्टी वेस्टएन्ड इटहरीले विशेष न्यू इयर इभ कार्यक्रम आयोजना गर्ने भएको छ।
२०२५ डिसेम्बर ३१ तारिख, साँझ ६ बजेदेखि सुरु हुने यस कार्यक्रमले संगीत, स्वाद र उत्सवको अनौठो संगम प्रस्तुत गर्नेछ।
कार्यक्रममा शुभम एण्ड द ब्यान्ड को लाइभ प्रस्तुति रहनेछ भने पिन्टु एण्ड मनोज तथा अनिश परियार ले विशेष परफर्मेन्समार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। सम्पूर्ण कार्यक्रमको होस्टिङ लोकप्रिय एम्सी प्रिया खड्का ले गर्नेछिन्।
नयाँ वर्षको उत्सवलाई अझ विशेष बनाउन सहभागीका लागि विशेष रूपमा तयार गरिएको ककटेल डिनर को व्यवस्था गरिएको छ। लाइभ संगीत, आकर्षक माहोल र उत्कृष्ट आतिथ्यताले पाहुनालाई नयाँ वर्षको सुरुवात उत्साहका साथ गर्न अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
यस अवसरमा टिकट तथा स्टे प्याकेजहरू पनि उपलब्ध छन्। विशेष अफर तथा सदस्यहरूका लागि आकर्षक छुटको व्यवस्था गरिएकोले सीमित सिटका कारण अग्रिम बुकिङ गर्न आयोजकले आग्रह गरेको छ।
सोअल्टी वेस्टएन्ड इटहरीमा २०२६ को स्वागत, संगीत र उत्सवको साथ, स्टाइलमा मनाउने तयारी पूरा भएको छ।
