Premier Cables

समाचार

एक सातादेखि लुक्लाको हवाई उडान प्रभावित

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, बैशाख २३, २०८२  | अपराह्न १:३२ बजे

सोलुखुम्बुको लुक्लाका लागि आज बिहानैदेखि कुनै पनि उडान हुन सकेको छैनन् । मौसममा खराबीका कारण लुक्लाको हवाई उडान ठप्प भएको हो ।

‘बिहानैदेखि लुक्ला उडान हुन सकेको छैन । मौसम खराबीका कारण लुक्लाको उडान ठप्प छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने ।

बिज्ञापन

प्रवक्ता शेर्पाका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज एउटा पनि उडान भएको छैन । बिहान ६ बजेदेखि नै उडानको तालिका रहे पनि हालसम्म उडान हुन नसकेको हो ।

समिट, सिता र तारा एयरको बिहान ६ बजे लुक्ला विमानस्थलमा उडान भर्ने तालिका रहेको थियो । त्यसयता बुद्ध, यति र श्री एयरलाइन्सका तालिका अनुसार कुनै उडान हुन सकेको छैन । मोसम खराबीको कारण यी सबै उडान ‘डिले’ तालिकामा राखिएको छ ।

मौसम खराब भएका कारण आइतबार उडान हुने सम्भावना नरहेको तेन्जिङ हिलारी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अमन चन्द्र झाले बताउँछन् । उनले भने, ‘बिहानैदेखि यहाँ मौसम राम्रो छैन । आज एउटा पनि उडान हुन सकेको छैन । दिनभरि नै हुने सम्भावना देखिँदैन ।’

उनका अनुसार मौसमकै कारण लुक्लाको उडान समय समयमा प्रभावित हुँदै आएका छ । पछिल्लो एक साता यतादेखि तालिका अनुसार नियमित उडान हुन नसकेको उनले जानकारी दिए ।

लुक्लाको उडान ठप्प हुँदा सोलुखुम्बु र काठमाडौं आवत–जावत गर्ने यात्रुहरू मार्कामा परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027