Premier Cables

कोशी प्रदेश

झापाको बिर्तामोड क्षेत्रमा कर्फ्यु आदेश जारी

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | राती ९:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा जिल्ला प्रशासन कार्यालयले आज भदौ २३ गते राति ८:३० बजेबाट भोलि भदौ २४ गते बिहान ५:०० बजेसम्मका लागि बिर्तामोड नगरपालिकाको तोकिएको क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीद्वारा जारी आदेशअनुसार शान्ति सुरक्षाको अवस्था खल्बलिन सक्ने सम्भावना देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु लगाइएको हो।

विज्ञापन

कर्फ्यु आदेश लागू भएको क्षेत्र विर्तामोड नगरपालिकाको चार किलोमिटरको सीमाभित्र पर्छ। यस अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, जुलुस गर्ने, हिँडडुल गर्नेलगायतका गतिविधि गर्न नपाइने जनाइएको छ।

कर्फ्यु लागू क्षेत्र
पूर्वतर्फ – विर्तामोड बसपार्क हुँदै हजारे मोडसम्म
पश्चिमतर्फ – रामचोक
उत्तरतर्फ – महानन्दचोक
दक्षिणतर्फ – सैनिक मोड

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka